प्रधानमन्त्रीले गणतन्त्रमाथि प्रहार गरेः पत्रकार महासंघ

काठमाण्डु टुडे २०७७ पुष ५ गते १३:५१ मा प्रकाशित

काठमाण्डु, ५ पुस– नेपाल पत्रकार महासंघले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमलाई गणतन्त्रमाथिको गम्भीर बज्रपातको संज्ञा दिएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै ओली कदमले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात प्रहार गरेको जनाएको हो । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको कदम २०६२÷०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संवैधानिक व्यवस्थाविरुद्द भएको ठहर गरिएको छ ।

महासंघले संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रहसमेत गरेको छ । महासंघले लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीलाई प्रधानमन्त्रीको कदमको विरोधमा उत्रन अपिलसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us