काठमाण्डु , २८ असोज -नेपाली बजारमा हिजो घटेको सुनको भाउ आज पनि तोलामा ६ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, आज तेजावी सुन पनि ६ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।