आज पनि सुनचाँदीको भाउमा भारी गिरावट

काठमाण्डु टुडे २०७७ असोज ७ गते ११:४० मा प्रकाशित

काठमाण्डु , ७ असोज । नेपाली बजारमा आज पनि सुनको भाउ खटेको छ ।

आज तोलामा १२ सयले घटेर ९४ हजार ३ सयमा कारोवार भइरहेका नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । यसैगरी ,आज तेजावी सुन तोलाको ९३ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

सुन घटेसँगै आज चाँदी पनि घटेर तोलाको ११ सय ९० मा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us