काठमाण्डु ५ असोज नेपाली बजारमा आज साताको दोस्रो दिन सुनको भाउ तोलामा २ सयले बढेको छ ।
आज प्रतितोला छापावाल सुन ९७ हजार २ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै , तेजाबी सुन आज प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी पनि तोलामा ५ रुपैयाले बढेर प्रतितोला १३ सय २० रुपैयामा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।