
काठमाडौं २८ साउन – अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अलि खानको आज जन्मदिन परेको छ ।
उनले आफ्ना जन्मदिका केही तस्विर सार्वजनिक गरेकी छिन् । आजबाट २५ वर्ष पुगेकी सारा अलि खानले २०१८ बाट नै बलिउड क्षेत्रमा प्रवेश गरिसकेकी छिन् । उनले केदारनाथ , सिम्बा फिल्लमा आफ्नो अभिनय देखाइसकेकी छिन् भने उनको नयाँ फिल्म कुली नम्बर ०१ रहेको छ । यसमा उनी वरुण धवनको साथ देखिने भएकी छिन् ।
सारा अलि खानले स्नातक सम्मको अध्ययन पुरा गरेकी छिन् । उनको दोस्रो आमाको रुपमा नायिका करिना कपुर रहेकी छिन् । जो सँग उनको सम्बन्ध एकदम राम्रो छ । करिनाको एक छोरा पनि छ जसलाई साराले निकै नै माया गर्छिन् ।