ऐश्वर्या राय र छोरी आरध्यालाई कोरोना

काठमाण्डु टुडे २०७७ असार २८ गते १६:२३ मा प्रकाशित

एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ ।

यसअघि शनिबार मात्र बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको थियो । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपेले ऐश्वर्या र छोरी आरध्यालाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

यसअघि बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो । उनीहरु हल अस्पतालको आइसीयूमा छन् । अमिताभ पत्नी जया बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us