लकडाउनमै भारतबाट आयो पौने तीन अर्ब बढीको तरकारी, नेपाली किसानका तरकारी बारीमै कुहियो

काठमाण्डु टुडे २०७७ वैशाख २४ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् ।
चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ ।

त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए ।

तरकारी अत्यावश्यक वस्तु भएकाले आयात गरेको तरकारी भने बारीमा सुकिरहेको र निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ ।

नेपाली किसानले उत्पादन गरेको तरकारी भने खेतबारीमै सडिरहेको छ । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us