एक केजी खसीको मासुलाई दुई हजार !

काठमाण्डु टुडे २०७७ वैशाख २१ गते ९:१० मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– काठमाण्डु उपत्यकामा खसीको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

लामो लकडाउनको बहानामा व्यापारीले मूल्य बढाएपछि उपभोक्ता महंगो तिरेर मासु खान बाध्य भएका छन् ।

काठमाण्डुमा मासु पसलले प्रतिकेजी १८ सय देखि दुई हजार रुपैयाँसम्ममा मासु बिक्री गरिरहेका छन् ।

लकडाउनअघि खसीको मासुको खुद्रा मूल्य प्रतिकेजी १३ सय रुपैयाँ थियो ।

लकडाउनका कारण भारतबाट खसीबोका आयात रोकिएको र आन्तरिक उत्पादनले बजार नधानेका कारण मूल्य आकाशिएको व्यवसायी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us