

काठमाण्डु, १४ वैशाख–गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको सरुवा भएको छ ।
मुलुक लकडाउनमा रहेका बेला गृह मन्त्रालयले अकस्मात प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलले प्रजिअ पाण्डेलाई मन्त्रालय तानेका हुन् । उनको ठाउँमा नारायणप्रसाद भट्ट प्रजिअका रुपमा गएका छन् ।
सह–सचिव भट्ट मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखमा कार्यरत थिए ।
पाण्डलेलाई भने भट्टले सम्हाल्दै आएको व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार असुरक्षित भएको भन्दै पाण्डे आफैंले मन्त्रालयमा सरुवा आउने चाहना राखेका थिए ।