आयल नियमद्वारा एकैपटक ५० ग्यास उद्योग खारेज

काठमाण्डु टुडे २०७७ वैशाख ७ गते १३:२० मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– नेपाल आयल निगमले ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ ।

निगमले एक सूचना जारी गर्दै अनुमतिपत्र लिएको लामो समयसम्म पनि उत्पादन नगर्ने, ग्यास उद्योग निर्माणको सुरुआत नै नगर्ने तथा अनुमतिपत्र खरिद बिक्री गर्नेजस्ता विकृति बढेको भन्दै ती उद्योगको अनुमति खारेज गरेको जनाएको हो ।

निगमले ५३ नयाँ उद्यागोगले अनुमतिपत्र लिएकामा जम्मा तीन उद्योगले मात्र उत्पादन गरेको जनाएको छ ।

खारेजीमा पर्ने उद्योगहरुमा २०७४ माघदेखि हालसम्म विभिन्न मितिमा अनुमतिपत्र लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us