
काठमाण्डु , २ चैत- पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाले विवाह गरेको १७ वर्षपछि सम्बन्ध विच्छेद हुने भएकाे छ ।
उषा खड्की आफैंले तिमिल्सिनासँगको सम्बन्धका विषयमा सामाजिक सञ्जाल मार्फत मुख खोलेकी हुन् ।
विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।
उषाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै अर्थ र आधार छैन। अब म भन्छु ‘नो’।
उषा र जीपीबाट एक छोरा र एक छोरी छन् ।