
काठमाण्डु , २९ फागुन – नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठ आज विवाह बन्धनमा बाँधिदै छन् ।
काठमाण्डुको एक पाँच तारे होटलमा विवाह बन्धनमा बाँधिन लागेका नायिका शर्मा र डा. श्रेष्ठ एक वर्ष देखि प्रेम सम्बन्धमा थिए । आफ्ना आफन्त र केही चलचित्रकर्मीको साथमा विवाह सम्पन्न हुँदै छ । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् ।
आँचल र उदिपले चैत्र १ गते भने काठमाण्डुको एक पाँच तारे होटलमा बिहे भोजको आयोजना गरेका छन् ।