हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिता कोरोनाभाइरस संक्रमित

काठमाण्डु टुडे २०७६ फागुन २९ गते ११:०० मा प्रकाशित

एजेन्सी – अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् । टम ह्यान्स हाल एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त छन् ।

‘नमस्कार, रीता र म यहाँ अष्ट्रेलियामा छौँ, हामीले केही थकित महसुस गर्यौँस, हामीलाई चिसो लागेको थियो र शरीर दुखेको थियो । अलिअलि ज्वरो पनि आएको थियो । त्यसपछि हामीले कोरोना भाइरसको परीक्षण गर्यौँ र दुवैजनालाई यसको संक्रमण भएको थाहा भयो’, ह्यान्सले भनेका छन् ।
उनले आफूहरुले पूर्ण रुपमा स्वास्थ्य लाभ नभएसम्म उपचार र स्वास्थ्यको ख्याल पृथक ढंगले गर्ने पनि बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालबाटै जानकारी दिने पनि बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us