
एजेन्सी– टाइगर श्राफ र श्रद्धा कपूरको मूख्य अभिनय रहेको बलिउड चलचित्र ‘बाघी–३’को व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन घटेको छ।
पहिलो दिन शुक्रबार १७.५० करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १६।०३ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्। चलचित्रले दुई दिनमा ३३.५३ करोडको व्यापार गरेको छ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण मानिसहरु भीडभाडमा निस्कन समेत छाडेका छन्।चलचित्रको व्यापारमा पनि त्यसैको असर देखिएको विश्लेषण गरिएको छ।
‘बाघी–३’ भारतमा ४ हजार ४ सय र ओभरसिजमा १ हजार १ सय गरी विश्वभर ५ हजार ५ सय स्क्रिनमा एक साथ रिलिज भएको थियो।अहमद खानको निर्देशनमा बनेको चलचित्र ‘बाघी–३’मा टाइगर शानदार एक्सन अवतारमा देखिएका छन्।
चलचित्रमा टाइगर र श्रद्धाका साथै रितेश देशमुख, अंकिता लोखण्डे, दानिश भट, विजय वर्मा लगायतको अभिनय रहेको छ।
चलचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका हुन्।