‘मिस वल्ड २०१९’ की विजेता टोनी-एन नेपालमा

काठमाण्डु टुडे २०७६ फागुन २२ गते १३:०१ मा प्रकाशित

काठमाण्डु , २२ फागुन – संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा ‘मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह बिहिबार नेपाल आइपुगेकी छन् ।

तीन दिने भ्रमणमा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत सहभागी रहेका छन् ।
गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको थियो । उनलाई स्वागत गर्ने एयरपोर्टमा मिस नेपाल अुष्का श्रेष्ठ लगायत पुगेका थिए ।
नेपाल भ्रमणको यो टोलीले मिस वल्र्डमा ‘विउटी उथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्नुका साथै मिस वल्ड नेपालमा आयोजना सम्भाब्यको बिषयमा अध्यायन समेत गर्नेछ ।
दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहदैं आएकोमा अहिले आएर पहिलो पटक मिस वल्र्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वल्र्डले नेपाल भ्रमणमा आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us