सन्दिपको थाइल्यान्डमा नयाँ किर्तिमान

काठमाण्डु टुडे २०७६ फागुन २१ गते ११:१० मा प्रकाशित

काठमाण्डु , २१ फागुन – थाइल्याण्डविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्।

उनले लगातार २२ बलमा एक रन पनि नदिने क्रीतिमान राखेका हुन्। सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

यस अघि यो किर्तिमान पाकिस्तानका तिब्र गतिका बलर मोहमद आमिरको नाममा २१ डट बलको कीर्तिमान थियो। उनले यूएइविरुद्ध उक्त क्रीतिमान राखेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us