प्रियंकाले लगाइन् आयुष्मानको नाममा मेहेन्दी

काठमाण्डु टुडे २०७६ फागुन १४ गते ११:११ मा प्रकाशित

काठमाण्डु , १४ फागुन – लामो समय देखि प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाले यही फागुन १६ गते लगनगाँठो कस्दै छन् ।

विवाह अघि दुलहाको नाममा लगाइने मेहेन्दी नायिका प्रियंका कार्कीले हिजो आयुष्मानको नाममा लगाएकी छिन् । बिहेका लागि नायिका प्रियंका कार्की मेहन्दीमा सजिएकी छिन् । उनले आफ्ना साथीहरुसँगका तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।
प्रियंका र आयुष्मानको बिहेका लागि राजधानीमा एक रिसोर्ट बूक गरिएको छ । रिसोर्टलाई प्रियंका र आयुष्मानमय बनाइएको छ । तीन दिनका लागि बूक गरिएको रिसोर्टमा ह्यासट्याग आयंका लेखिएको छ । मंगलवार मेहन्दी र संगीतको कार्यक्रम राखिएको थियो । प्रियंकाले आयुष्मानको नामको मेहन्दी लगाइन् भने आयुष्मानले पनि प्रियंकाको नामको मेहन्दी लगाएका थिए ।

गतवर्ष इङ्गेजमेन्ट गरेको यो जोडीले असारमा बिहे गर्ने चर्चा थियो । तर, परिवारको समय नमिलेको भन्दै बिहेको मिति टर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us