
काठमाण्डु , १३ फागुन- नायिका आँचल शर्माले आफ्नो प्रेमी डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् ।
चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले डा. श्रेष्ठसँग सोमबार काठमाण्डुको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा आफ्ना केही आफन्त र साथीभाइहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन्।
उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ।