पाकिस्तानका क्रिकेटर अमर अकमल निलम्बित

काठमाण्डु टुडे २०७६ फागुन ८ गते १७:१७ मा प्रकाशित

एजेन्सी–पाकिस्तान क्रिकेट बोर्डले उमर अकमललाई निलम्बन गरेको छ । उनमाथि क्रिकेट सम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन रोक समेत लगाइएको छ ।

पाकिस्तान क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी इकाइले गरेको छानबीनमाथि बोर्डले धारणा नबनाएसम्म उनलाई निलम्बन गरिएको हो । बोर्डले एक वक्तब्य जारी गरी निलम्बन सम्बन्धी निर्णयबारे जानकारी गराएपनि निलम्बनको अवधि र कारणबारे प्रष्ट खुलाएको छैन् ।

निलम्बनमा परेपछि अकमलले पाकिस्तान सुपर लिगमा बिहिबार हुने इस्लामाबाद यूनाइटेड विरुद्धको खेलमा सहभागी हुन पाउनुहुने छैन् । लिगमा उनी क्वेटा ग्लैडिएटर्सको प्रतिनिधित्व गर्छन ।

उनको स्थानमा क्वेटाले ३२ वर्षीय अलराउण्डर अनवर अलीलाई टोलीमा स्थान दिएको छ । अनवरले २००८ देखि २०१६ सम्म पाकिस्तानका लागि २२ अन्तर्राष्ट्रिय एकदिवसीय र १६ टी ट्वान्टी खेलेका छन ।

लाहौरमा राष्ट्रिय क्रिकेट प्रतिष्ठानमा फिटनेश परीक्षणमा असफल भएपछि अकमलले प्रतिष्ठानका सदस्यसँग दुब्र्यवहार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us