कमल हसनको ‘इन्डियन २’को सुटिङ सेटमा क्रेन दुर्घटना, निर्देशकसहित तीन जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ फागुन ८ गते १५:३२ मा प्रकाशित

एजेन्सी – बलिउड फिल्म ‘इन्डियन २’ को सुटिङका क्रममा क्रेन दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर फिल्म निर्देशक शंकर, प्रोडक्सन असिस्टेन्ट मधु र आर्ट असिस्टेन्ट चन्द्रनको निधन भएको हो।

बुधबार सुटिङका क्रममा प्रयोग गरिएको क्रेन पल्टिदा उनीहरुको सुटिङ स्थलमै मृत्यु भएको बताइएको छ। त्यस्तै दुर्घटनामा अन्य नौ जना पनि घाइते भएका छन्। घाइतेहरुलाई पूनमल्ली नजिकैको अस्पतालमा भर्ना गरिएको छ। दुर्घटना भएसँगै यस फिल्मका मुख्य कलाकार कमल हसनले ट्वीटरमा एउटा ट्वीट गर्दै यो दुर्घटना एकदम क्रूरु रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन् मैले धेरै दुर्घटनाहरु देखेको भएपनि आजको दुर्घटना एकदम क्रूर थियो। तीनजनाको मृत्यु भइसकेपछि हामी यहाँ उभिरहेका छौं। उनीहरुको परिवारलाई कतिको पीडा भएको छ, म महसुस गर्न सक्छु। मैले अस्पतालमा गएर घाइतेहरुलाई भेटेको छु र उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु।

प्रहरीले हाल घटना बारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार दुर्घटना बुधबार बेलुका करिब १० बजे भएको थियो। तर बिहिबार बिहान साढे १ बजे मात्रै प्रहरीमा उजुरी गरिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us