श्रृंखलाले स्वीकारिन् सिशनसँगको प्रेम

काठमाण्डु टुडे २०७६ फागुन २ गते १६:२९ मा प्रकाशित

काठमाण्डु,२फागुन–पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिशन बानियाबीच प्रेम सम्बन्ध रहेको चर्चा सुरु भएको लामै समय भइसक्यो।

उनी मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरु विदेश भ्रमणमा प्रायः सँगै देखिने गरेका थिए।

टर्की भ्रमणताका यी दुवैको तस्बिर सार्वजनिक भएदेखि नै उनीहरुको प्रेममा रहेको शंका गरिएको थियो।
इन्स्टाग्राममा सिशनले श्रृंखलासँगको तस्बिर राखेका थिए। तर यी दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे बोलेका थिएनन्। प्रेम दिवसको मौका पारेर श्रृंखलाले सार्वजनिक रुपमै सिशनसँगको सम्बन्ध इन्स्टाग्राम मार्फत नै स्वीकार गरेकि छन्।

उनले इन्स्टाको स्टोरीमा सानो भिडियो क्लिप राखेर ‘एक्साइटिङ डेट फर अस’ लेखेकी छन् र भिडियोको पछाडि बिस्तारै सिशन देखा पर्छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us