बलिउडमा जोनले ट्रिपल रोलमा काम गर्ने

काठमाण्डु टुडे २०७६ माघ २७ गते १३:४१ मा प्रकाशित

एजेन्सी– बलिउड फिल्ममा हामीले डबल रोलमा काम गरेका अभिनेता तथा अभिनेत्री त देखेका छौँ ।

अब बलिउडमा बन्ने एउटा फिल्ममा जोन अब्राहमले ट्रिपल रोलमा काम गर्ने भएका छन् । उनले अब बन्ने फिल्म एट्याकमा तीनवटा विभिन्न भूमिकामा काम गर्ने भएका हुन् । तर, यो फिल्मको औपचारिक घोषणा चाहिँ भएको छैन ।

तर, जोनले केही दिनअघि दिएको एक अन्तर्वार्तामा यसबारे बताएका थिए ।
यो फिल्ममा जोनको सहअभिनेत्रीमा ज्याकलिन फर्नान्डिजले काम गर्ने बताइएको छ । यी दुईले यसअघि हाउसफूल २, रेस २ मा सँगै काम गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us