
काठमाण्डु , २३ माघ — ‘चपली हाइट ३’ले दर्शकलाई बैंकक घुमाउन लाने भएको छ ।
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा फिल्म ‘चपली हाइट ३’ ले दर्शकका लागि बैंकक घुमाउने टिकटक योजना ल्याएको हो । फिल्मका निर्माता अर्जुनकुमारले सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियो मध्ये एउटा विजेता घोषणा सहित बैंकक टुरको प्याकेज दिने बताए ।
निर्माण युनिटले फिल्मको केही दिन पहिले सार्वजनिक ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनु पर्ने र त्यसरी बनेका टिकटक मध्य उत्कृष्ट एकलाई बैंकक घुमाइने योजना ल्याएको हो निकेश खड्काको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय रहेको छ ।
सस्पेन्स र थ्रिलर बिषय निर्माण भएको फिल्म अर्जुनकुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।