विवाहको तयारीमा लागे रणवीर र आलिया

काठमाण्डु टुडे २०७६ माघ २३ गते १३:११ मा प्रकाशित

एजेन्सी–पछिल्लो समय बलिउडमा अभिनेता रणवीर कपुर र आलिया भट्ट निकै चर्चामा छन् । केहि समयदेखी एकअर्काको प्रेममा रहेकी यी दुई अब छिट्टै विवाह बन्धनमा बाधिँदैछन् । यी दुईको विवाहबारे अहिले बिभिन्न कुराहरु भइरहेको छ ।

यी दुईले कहिले विवाह गर्ने भन्नेबारे आधिकारिक धारणा भने आइसकेको छैन । तर यो जोडीले यहि बर्षा विवाह गर्ने अनुमान लगाइएको छ । उनीहरु फिल्मसँगै विवाहको तयारीमा पनि लागेको चर्चा चलिरहेको छ ।

अहिले यी दूई फिल्म ‘ब्रह्मास्त्र’ मा व्यस्त छन् ।
उनीहरुले यस फिल्ममा एकसाथ अभिनय गरेका छन् । अयान मुखर्जीले निर्देशन गरेको यस फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भुमिका रहेको छ । अहिले यस फिल्मको सुटिङ चलिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us