
काठमाण्डु , १७ माघ — अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले लगनगाँठो कस्ने भएका छन् ।
दुई बर्षदेखिको प्रेम सम्बन्धलाई फागुन १७ गते विवाहमा परिणत गर्दै छन् । दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु अहिले बिवाहको तयारीमा छन् ।
पछिल्लो समय ‘आयांक’ फाउन्डेसन खोलेर समाजसेवामा लागेका यो जोडीले अन्तत यसै बर्ष बिवाह गर्ने निर्णय गरेका हुन् ।केही दिन पहिले आफ्ना घनिष्ट साथीहरुसँग प्रियंकाले थाइल्याण्डमा ब्याचलर पार्टी मनाएपछि प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो । उनीहरुले बिवाहको बिषयमा भने आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ ।
फिल्म ‘कथा काठमाण्डू’को छायाँकन सेटमा पहिलो पटक भेटेका यी दुबैको बिच प्रेम त्यही औकुराएको थियो ।