धेरै खुल्ला कपडा लगाएर आलोचनामा परेपछि प्रियंकाले दिइन् यस्तो जवाफ

काठमाण्डु टुडे २०७६ माघ १६ गते १३:५८ मा प्रकाशित

काठमाण्डु , १६ माघ- हालै ग्रामी अवार्डमा सहभागी भएकी बलिउड नायिका प्रियंका चोपडा आलोचित बनेकी छिन् ।

निकै खुल्ला पहिरनमा पुगेकी चोपडालाई भारतीय फ्यानले उनको ड्रेसिङ सेन्समा प्रश्न उठाउँदै ट्रोल गरेका थिए । अब प्रियंकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै ट्रोलर्सलाई जवाफ दिएकी छिन् ।
प्रियंकाले लेखेकी छिन् ‘म सोचिरहेकी थिएँ कि यो वर्षको सुरुवात कति रोमाञ्चक रह्यो र अहिले त केवल जनवरी महिना मात्रै बितेको छ । जोसँग तपाइँ प्रेम गर्नुहुन्छ उनीहरुलाई धेरै माया गर्नुस् । तपाइँ जस्तो जिन्दगी जिउन चाहनुहुन्छ त्यतै जिउनुस् । यो समय संसारमा सबै समस्याको साथमा आफ्नो र आफ्नो आसपास सबैको लागि दयालु रहनुहोस् ।’
प्रियंकाले अगाडि लेखेकी छिन् ‘मैले तपाइँहरुबाट जुन माया पाएँ त्यसको लागि आभारी छु । र, जब माया पाउँदिन त्यसको लागि पनि आभारी रहनेछु । आसपासका व्यक्तिहरुको लागि दयालु र विनम्र बन्नुहोस् । यो निकै जरुरी छ । यो जिन्दगी एक अनमोल उपहार हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us