अजय देवगन अब फुटबलका कोच बन्ने

काठमाण्डु टुडे २०७६ माघ १६ गते १३:१५ मा प्रकाशित

एजेन्सी- बलिउडमा चर्चित नायक अजय देवगन फुटबलका कोच बन्ने भएका छन् ।

उनको फिल्म मैदानमा भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाएका छन् । फिल्म मैदानकाे  देवगनले आफ्नो पहिलाे लुक्स सार्वजनिक गरेका छन्
फिल्मको पहिलो पोस्टरमा अजय देवगनलाई कोचको लुक्समा देख्न सकिन्छ । सानो कपाल र जुँगाका साथमा उनी निकै आकर्षक देखिएका छन् ।
पोस्टरमा अजयका साथमा फुटबल टीमका खेलाडीपनि उभिएका छन् ।
खेलाडी जुन मैदानमा उभिएका छन् त्यहाँ पानी परिरहेको छ र उनीहरु माटोमा लतपतिएका छन् ।
त्यस्तै दोस्रो पोस्टरमा अजयको पूरा स्वरुप देख्न पाइन्छ । जसमा अजय एक्लै छन् । एक सामान्य मानिसको रुपमा उनले सर्ट र पाइन्ट लागएका छन् । उनको हातमा व्याग र छाता रहेको छ । साथै उनी फुटबललाई हानिरहेका छन् । उनको अनुहारमा हल्का मुस्कान पनि रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us