चर्चित हलिउड चलचित्र ’दि म्यट्रिक्स’ मा प्रियंका चोपडा

काठमाण्डु टुडे २०७६ माघ १५ गते १७:५० मा प्रकाशित

एजेन्सी – बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय आफ्नो नाम हलिउडमा स्थापित गर्न सफल भएकी छिन्।

यतिबेला उनि फेरि हलिउडको चर्चित फिल्म ’दि म्यट्रिक्स ४’को संस्करणमा काम गर्ने तयारीमा छिन्।
’क्वान्टिको’ अभिनेत्री प्रियंका चोपडा हलिउडका चर्चित कलाकार डेभिड मिशेल, टोबी इमरिच, क्यारी एन्ने मोस र याह्या अब्दुल मतेनका र किनु रिव्सको साथमा देखापर्नेछिन्।
लाना वाचोव्स्कीले उक्त प्रोजेक्टलाई लेखन, निर्देशन तथा निर्माण गर्ने भएका छन्। वार्नर ब्रोजले उक्त फिल्म पुरानै शृंखलामा बन्ने नबन्ने र रिलिज मितिबारे खुलाएको छैन। तर, यस फिल्मको कथा साइ फाईकै विधामा रहने छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us