ग्रामी अवार्डमा नायिका प्रियंका चोपडा पति निकसँग

काठमाण्डु टुडे २०७६ माघ १४ गते १४:४५ मा प्रकाशित

एजेन्सी -बलिउड नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनसको साथमा आइतबार अमेरिकामा आयोजना भएको ‘६२ औं ग्रामी अवार्ड’मा उपस्थित भएकी थिइन् ।

अवार्ड समारोहमा चोपडाले लगाएको गाउनको निकै चर्चा भएको थियो । कार्यक्रमा जोनस दाजुभाइको साथमा नायिका प्रियंका चोपडाले पनि प्रस्तुती दिएकी थिइन् । २०२० को ग्रामी अवार्ड समारोह अमेरिकाका महान् बास्केटबल खेलाडी कोबी ब्रायनलाई श्रद्धाञ्जलि दिदैँ सुरु भएको थियो ।

कार्यक्रममा प्रियंकाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबी ब्रयानलाई श्रद्धाञ्जली दिइन् । उनले आफ्नो नङमा कोबीको जर्सी नम्बर २४ लेखेकी थिइन् ।
समारोहमा युवा अमेरिकन पप सिंगर विली एलिसले ५ वटा अवार्ड जिते । विली यो बर्ष अवार्ड जित्ने सबैभन्दा कान्छा प्रतिस्पर्धी थिए । उनी, १८ बर्षका मात्र भए । यस्तै, गायिका लेडी गायाले २ वटा जितिन् ।

यो सँगै उनले आफ्नो हालसम्मको करिअरमा ११ वटा ग्रामी अवार्ड जितेकी छिन् । प्रियंकाका पति निकले आफ्ना भाइसँग स्टेजमा प्रस्तुति दिए । उनले आफ्ना नयाँ गीत ‘फाइभ मोर मिनेट्स’ र ‘ह्वाट अ म्यान गोटा डु’ गाए । प्रस्तुतिको क्रममा निकको दाँतमा अड्किएको खानेकुरा देखिएपछि उनी लज्जित हुनु परेको थियो । यसपछि दर्शक उनलाई ट्रोल गर्न लागे ।
निकको यो भिडियो सोसल मिडियामा निकै भाइरल भयो । निक आफैंले सोसल मिडियामा लेखे, ‘कम से कम अब सबैलाई जानकारी भयो कि म पनि हरियो सागपात खान्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us