
काठमाण्डु,१३माघ–अभिनेता अजय देवगन र काजोलको फिल्म तान्हाजी अहिले निकै चर्चामा छ । यस फिल्मले रिलिजको दिनदेखी नै बक्सअफिसमा धमाकेदार ब्यापार गरेको छ ।
फिल्म रिलिज भएको दोस्रो साता पुरा नहुदै २०० करोड कमाउन सफल भएको यस फिल्मलाई दर्शकले निकै रुचाएका छन् । तेस्रो सातामा प्रबेश गरेको यस फिल्म हेर्न अझै पनि हलहरुमा लाइन लागेको छ ।
अजय, काजोल र सेफ अली खानको मूख्य भुमिका रहेको यस फिल्मले १५ दिनमा नै २०० करोड भन्दा बढीको कमाइ गरेको थियो । भने हालसम्म यस फिल्मले २ सय २४ करोड ९३ लाखको कमाइ गरेको छ ।
फिल्मले आइतबार मात्र १२ करोड ५८ लाखको कमाइ गरेको छ । तान्हाजीमा अजय, काजोल र सेफ अली खानको अभिनय दर्शकले धेरै नै रुचाएका छन् ।