टिभी स्टार किम कार्दाशियनविरुद्ध मुद्दा दर्ता

काठमाण्डु टुडे २०७६ माघ १२ गते १२:३२ मा प्रकाशित

एजेन्सी–आफ्ना श्रीमानसँग रोमान्टिक तस्बिर पोष्ट गरेका कारण किम कार्दासियनले कानूनी झमेला झेल्नुपरेको छ । किमविरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सईद बोल्डनले मुद्दा दर्ता गरेका छन् ।

इन्स्टामा टिभी स्टारको यो पोष्टले २२ लाख बढी लाइक्स पाइसकेको छ ।अंग्रेजी वेबसाइट टीएमजेडका अनुसार यो कपल फोटो सईदले खिचेका थिए र उक्त फोटो सन् २०१८ अक्टोबरमा एल्बम रिलिज पार्टीमा खिचिएको थियो ।

व्यावसायिक फोटोग्राफर सायिद बोल्डनले किमले उनको फोटो उनको अनुमती बिना नै इन्स्टाग्राम अकाउन्टमा सेयर गरेको आरोप लगाएका छन् ।
उनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘मैले कहिले पनि टिभी स्टारलाई यो फोटो उनको सोसल मिडिया अकाउन्टमा सेयर गर्ने अनुमती दिएको थिइनँ न नै उनले यो सेयर गर्नका लागि मलाई पैसा तिरेकी छिन् ।’

यद्यपि, बोल्डनले आफूले दर्ता गरेको मुद्दाबारे केही विस्तृत जानकारी भने दिएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us