‘डियर कमरेड’ ट्रेन्डिङ नम्बर वानमा

काठमाण्डु टुडे २०७६ माघ ११ गते १७:५० मा प्रकाशित

काठमाण्डु,११माघ–युट्युबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’ नामक चलचित्र छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो ।

युट्युबमा सार्वजनिक भएको पाँच दिनमा यो चलचित्रले साढे तीन करोड भन्दा बढी भ्यूज पाएको छ ।

चलचित्र ‘अर्जुन रेड्डी’ बाट विश्व बजारमै चर्चामा आएका नायक विजय देवेराकोन्डा अभिनित यो चलचित्रमा नायिकाको रुपमा रश्मिका मान्डणा छिन् ।

‘रोमान्टिक एक्सन ड्रामा’ भनिएको यो चलचित्र युट्युबमा रिलिज भएसँगै विश्व बजारमा चर्चा कमाईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us