
एजेन्सी–यतिबेला बलिउड अभिनेता ‘टाइगर’ श्राफ निर्माण भइरहेको फिल्म ‘बागी–३’ मा व्यस्त छन्।
अहमद खानको निर्देशनमा निर्माणाधीन फिल्ममा दर्शकका लागि सप्राइज प्याकेज पस्कने तयारी निर्माण युनिटले गरेको छ।
भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार फिल्ममा अभिनेता श्राफका पिता तथा वरिष्ठ भारतीय कलाकार ज्याकी श्राफको पनि अभिनय एकसाथ पर्दामा देखिने भएका छन्।
अभिनय करिअरमा बाबु–छोरा अर्थात् टाइगर र ज्याकी पहिलोपटक एकसाथ पर्दामा देखिन लागेका हुन्। फिल्ममा टाइगर र ज्याकी वास्तविक जीवनझैं बाबु–छोराकै चरित्रमा देखिने छन्।
फिल्ममा बाबु–छोराको चरित्रमा उनीहरूलाई देख्न सकिने फिल्मका निर्माता साजिद नाडियाडवालाले बुधबार जानकारी गराए।