काठमाण्डु , ८ माघ -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज बुधबार ७ दशमलव ५ अंकले घटेको छ ।
अल्पकालीन कारोबारीले नाफा बुक गर्न थालेपछि बजारमा केही करेक्सन आएता पनि कारोबारमा भने उत्साह कायमै रहेको छ । आज नेप्से परिसूचक ७ दशमलव ५ अंकले घटेर १ हजार ३ सय १३ दशमलव ४२ अंकमा कायम भएको छ भने कारोबार रकम डेढ अर्ब माथी भएको छ ।
आज धेरै कारोबार गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । जसको कारोबार ६१ करोड १२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार नौ करोड नौ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज जीवन बीमा समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने हाइड्रोपावर, ट्रेडिङ र होटल समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावटले सेयर बजार राताम्मे भएको छ ।
त्यसैगरी, आज धेरै फाइदा खानेमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी आठ दशमलब ४७ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा पाँचथर पावरका लगानीकर्ता रहेका छन् । कम्पनी आठ दशमलव ६९ प्रतिशतले घाटामा गएको छ ।