सुनचाँदीको भाउ बढ्यो

काठमाण्डु टुडे २०७६ माघ ७ गते १२:५७ मा प्रकाशित

काठमाण्डु , ७ माघ – साताको तेस्रो दिन सुनको भाउ उकालो लागेको छ ।

सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ७५ हजार ३ सय तथा तेजावी सुन ७५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us