नेप्सेमा साताको पहिलो दिनमै दूई अर्बको कारोवार

काठमाण्डु टुडे २०७६ माघ ५ गते १६:०४ मा प्रकाशित

काठमाण्डु ,५ माघ -निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उत्साहले आइतबार पनि निरन्तरता पाएको छ । खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि दोहोरो अंकले बढेको छ ।
साताको पहिलो दिन नेप्से परिसूचकमा ३३ दशमलव ४३ अंकले बढेर १ हजार ३ सय ४३ दशमलव ४३ अंकमा कायम भएको छ भने कारोबार रकम दुई अर्ब नाघेको छ ।
आज धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । जसको कारोबार १२ करोड १५ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार १० करोड ८५ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज व्यापारमूलक समूहमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने जीवन बीमा र निर्जीवन बीमा समूहको सूचकमा छ प्रतिशतभन्दा धेरैको सुधार आएको छ । आज सेयर बजार परिसूचकका बाँकी अधिकांश समूहका सूचकमा एकदेखि पाँच प्रतिशतसम्मकोे सुधारले बजार नै हरियाली भएको देखिन्छ ।
त्यसैगरी, आज धेरै फाइदा खानेमा लक्ष्मी इक्विटी फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी दश प्रतिशतभन्दा धेरैले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा स्वाभिमान लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ६९ प्रतिशतले घाटामा गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us