काठमाण्डु,१माघ– आज बुधबार सुनको मूल्य फेरि बढेको छ । बुधबार तोलामा ७०० ले बढेर कारोबार भइरहेको हो ।
मंगलबार ८०० ले घटेर प्रतितोला ७४ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार बढेर ७४ हजार ७०० पुगेको हो ।
बुधबार तेजावी सुनको मूल्य ७४ हजार ४०० पुगेको छ भने चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला ८८५ मा कारोबार भइरहेको सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।