काठमाण्डु , २७ पुस- साताको पहिलो दिन सुनको भाउ फेरि बढेको छ ।
शुक्रबार तोलामा नौ सयले घटेकोे सुनको भाउ आज तोलामा ४ सयले बढेर ७४ हजार ७ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन आज तोलाको ७४ हजार ७ सय रुपैयामा कारोवार भइरहेको छ । आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ ।
यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।