नाजिर हुसेन प्रेममा ११ पटक असफल भएपछि…

काठमाण्डु टुडे २०७६ पुष २५ गते १६:०४ मा प्रकाशित

काठमाण्डु , २५ पुस -नेपाली फिल्मका नायक आजिर हुसेन पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका छन् । उनको पछिल्लो म्युजिक भिडियो ‘ प्रेम गर्ने जन्तर’ निर्माण भएको छ । नजिर हुसेन म्युजिक भिडियोमा बढी समय दिने नायकका रुपमा चिनिन्छन ‘प्रेम गर्ने जन्तर’ उनले अभिनय गरेको पछिल्लो भिडियो हो ।
लोक फ्लेवरको यस भिडियोमा ११ पटक प्रेममा असफल भएपछि अन्तत प्रेम टिकाउनलाई प्रेम गर्ने जन्तर बाध्ने सोच गरेका छन, तर रोजेकी युवतीले दाजु भनि दिँदा उनको सोच सोचमै सिमित रहन पुग्छ ।
डिजिटल नेपालबाट सार्वजनिक भएको यस गीतमा दीपक महर्जन स्वर रहेको छ भने शब्द र संगीत किरण पहाडीको छ । भिडियोको कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले गरेका छन् । भिडियोको निर्देशन रोशन श्रेष्ठले गरेका हुन् । भिडियोमा नाजिरको जोडीकी रुपमा सरुसा महर्जन फिचर्ड छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us