काठमाण्डु , २४ पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ ।
साताको पाँचौँ दिन बिहीबार नेप्से तीन दशमलव ५१ अंकले बढेर एक हजार २१३ दशमलव ११ कायम भयो भने कारोबार रकम ८३ करोड ७० लाख रुपियाँ बराबरमा सीमित भएको हो ।
आज धेरै कारोबार गर्नेमा सिभिल बैंक प्रमोटर सेयर रहेको छ । जसको कारोबार २० करोड १८ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था रहेको छ । जसको कारोबार दुई करोड ३६ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज माइक्रोफाइनान्स समूहको सूचक तीन प्रतिशतभनदा धेरैले उकालो लागेको छ भने जिर्जीवन बीमा समूहको सूचकमा दुई प्रतिशतभनदा धेरैको सुधार आएको छ ।
त्यसैगरी, व्यापार मूलक समूह, विकास बैंक र जीवन बीमा समूहको सूचकमा शून्य प्रतिशतभनदा धेरैको सुधार आएको छ । बाँँकी सबै समहको सूचक शून्य प्रतिशतभनदा धेरैले ओरालोे लागेका छन् ।
त्यस्तै, आज धेरै फाइदा खानेमा स्वावलम्बल लघुवित्त बित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । कम्पनी दश प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा रिलायन्स फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ७३५ प्रतिशतले घाटामा गएको छ ।