काठमाण्डु , २३ पुस -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज बुधबार ओरालो लागेको छ ।
नेप्से परिसुचक नेप्से सात दशमलव ३२ अंकले घटेर एक हजार २०९ दशमलव ६० कायम भयो भने कारोबार रकम ७३ करोड २१ लाख रुपियाँ बराबरमा सीमित भयो ।
आज धेरै कारोबार गर्नेमा बोमी माइक्रोफाइनान्स बित्तीय संस्था रहेको छ । जसको कारोबार सात करोड १६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । जसको कारोबार चार करोड ४२ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज फाइनान्स, म्युचल फण्ड, माइक्रोफाइनान्स, उत्पादन मूलक समूह र अन्य समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने निर्जीवन बीमा, बैंकिङ र व्यापार समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।
त्यस्तै, आज धेरै फाइदा खानेमा समता माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी दश प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा लुम्बिनी विकास बैंकका लगानीकर्ता रहेका छन् । कम्पनी सात दशमलव ३५ प्रतिशतले घाटामा गएको छ ।