सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रौतहटको दोस्तियामा

काठमाण्डु टुडे २०७६ पुष २१ गते १४:२७ मा प्रकाशित

रौतहट, २१ पुस- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु-याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियामा यहि पौष १८ गतेबाट १०३ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
फतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर कान्ती देवी महतोले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरिन् । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी वृजकिशोर प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us