
एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशनका लागि सन् २०१९ राम्रो वर्ष रह्यो । यो वर्षमा उनका सबै फिल्म राम्रो चले ।
सन् २०१९ मा उनले राम्रो आम्दानी गरेका बक्स अफिसका फिल्ममा काम पनि गरे । उनको फिल्म सुपर ३०ले मात्र होइन, वारले पनि बक्स अफिसमा राम्रो गरेको थियो । वार त सन् २०१९ मा बलिउडमा सबैभन्दा बढी कमाउने फिल्म नै पनि बन्यो ।
अब ऋतिकले आफ्ना फिल्मले राम्रो गर्दा आफूहरुले एउटा पार्टी नै गरेको पनि बताएका छन् । ‘बक्स अफिसमा ती फिल्मले राम्रो गरे,’ उनले भने, ‘सुपर ३० को सफलतापछि मैले आनन्द कुमारसँग एउटा शानदार डिनर पनि गरेको थिएँ ।’
अब उनले आफूले फिल्म कसरी चल्छन् भन्ने बुझिसकेको र चाहेको खण्डमा पसल नै खोलेर आफ्नो फर्मुला पनि बेच्न सक्ने सामथ्र्य आर्जन गरेको बताएका छन् ।