सुनले बनायो इतिहासकै उच्च रेकर्ड

काठमाण्डु टुडे २०७६ पुष २० गते ११:३२ मा प्रकाशित

काठमाण्डु , २० पुस -सुनको भाउले आकाश छोएको छ ।

शुक्रबार तोलाको एक हजार बढेर ७४ हाजर ५ सय रुपैंयामा कारोवार भएको सुनको आज आइतबार तोलामै फेरि एक हजारले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी ७५ हजार २ सय रुपैंयामा कारोवार भएको छ ।

यसैगरी, चाँदी तोलाको रु. ९ सयमा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us