बिग बुलमा यस्तो देखिए अभिषेक

काठमाण्डु टुडे २०७६ पुष १७ गते १७:१० मा प्रकाशित

एजेन्सी– लामो समयदेखि ठूलो पर्दाबाट गायब भएका बलिउड अभिनेता अभिषेक बच्चन फिल्म द बिग बुलबाट फर्किएका छन् । आज उनको यो फिल्मको पहिलो पोस्टर सार्वजनिक भएको छ ।

तर, फिल्म कहिले रिलिज हुने हो भन्ने अहिलेसम्म पत्तो छैन । फिल्म १९९० देखि २००० सम्म भएका घटनाहरुमा आधारित रहेको बताइएको छ । यसको निर्देशन कुकी गुलाटी गर्दै छन् ।
फिल्मको पोस्टरमा अभिषेक अँध्यारोमा छन् । उनी आफ्ना औंलाहरु ओठमा राखेर गम्भीर मुद्रामा देखिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us