काठमाण्डु , १७ पुस- एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ वर्ष २०२०को अवसरमा “एक नेपाली” “एक डिम्याट खाता” अभियानलाई सञ्चालनमा ल्याएको छ । बुधबारदेखि २०७७ साल आषाढ मसान्तसम्म मात्र एक रुपैयाँमा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको बैंकले बताएको छ ।
लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै अग्रेजी नयाँ वर्ष २०२० को अवसरमा “एक नेपाली” “एक डिम्याट खाता” “एक रुपैयाँ” भन्ने अभियानको थालनी गरेको हो । एन आई सी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि “एक नेपाली” “एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ ।
एन आई सी एशिया क्यापिटल लिमिटेडले सोहि अभियानलाई थप टेवा पु-याउन २०७७ आषाढ मसान्त सम्म डिम्याट खाता संचालन वापत लाग्ने पहिलो वर्षको खाता संचालन शुल्क पनि छुट गरेको छ ।
एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ ।