फिल्मसँगै विवाहको तयारीमा पनि लाग्न थाले वरुण धवन

काठमाण्डु टुडे २०७६ पुष १६ गते १४:५५ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता हुन् वरुण धवन । करण जोहरको फिल्म स्टुडेन्ट अफ द इयर बाट बलिउडमा डेब्यु गरेका उनी पछिल्लो समय आफ्नो विवाहका कारण चर्चामा छन् ।

हाल उनी नयाँ फिल्म ‘स्ट्रीट डान्सर’ मा व्यस्त रहेपनि आफ्नो विवाहको पनि तयारी गरिरहेका छन् ।
भारतिय मिडियाका अनुसार उनले आउदो अप्रिलमा बिहे गर्ने भएका छन् । वरुणले आउँदो अप्रिलमा विवाह गर्ने तयारी गरिरहेका छन् । लामो समयदेखी नताशासँग प्रेममा रहेका वरुणले कलेजको समयदेखी नै नताशालाई प्रेम गर्थे ।

आफ्नो प्रेमसम्बन्ध गोप्य राखेको उनीहरुले अब भने विवाह गर्ने भएका छन् । उनीहरुको विवाहपछि मुम्बईमा ग्राण्ड रिसेप्सन पार्टी आयोजना हुने बताइएको छ । उनीहरु अप्रिलमा विवाह गर्ने तयारीमा रहेको बताइएको छ ।

उनी अहिले फिल्म ‘स्ट्रीट डान्सर सँगै आफ्नो विवाहको पनि तयारी गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us