काठमाण्डु् , १६ पुस – आज बुधबार सुनको भाउ स्थिर रहेको छ ।
आज हिजोकै मुल्य प्रतितोला ७३ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन तोलाको ७३ हजार २ सयमा कारोवार भइरहेको छ ।
हिजो चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार थियो भने आज १० रुपैंया घटेर ८ सय ९० मा कारोवार भइरहेको छ ।