आज अमेरिकी डलरसहित धेरै देशको भाउ बढ्यो

काठमाण्डु टुडे २०७६ पुष १६ गते १०:५७ मा प्रकाशित

काठमाण्डु , १६ पुस – आज पुस १६ गते बुधबार (जनवरी १ तारिख) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ। यो मूल्य मंगलबारको तुलनामा ११ पैसा बढी हो ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ३५ पैसा र बिक्रिदर १५१ रुपैयाँ १४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ९४ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७२ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us