नेप्सेमा झिनो अंकले गिरावट

काठमाण्डु टुडे २०७६ पुष १५ गते १६:०६ मा प्रकाशित

काठमाण्डु , १५ पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अंकको गिरावट देखिएको छ। परिसूचक १ दशमलव ९२ अंकले घटेर १ हजार १ सय ६६ दशमलव शून्य ३ अंकमा कायम भएको हो।

मंगलबार १ सय ७७ वटा कम्पनीको १३ लाख ९ हजार २ सय ८६ कित्ता सेयर ६ हजार ५ सय ३२ पटक खरिदबिक्री हुँदा ४४ करोड २२ लाख ५६ हजार १ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत, र लघुवित्त समूहको उससूचक बढेको मंगलबार बाँकी सबै समूहको उपसूचक भने घटेको छ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ मंगलबार विशालबजार कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी नेपाल टेलिकमका लगानीकर्ताले प्रतिकित्ता ५ दमशलव ८९ प्रतिशतका दरले गुमाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us